२०८१ पुस २२ गते
काठमाडौ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि जहाजलाई पुन काठमाडौ नै फर्काइएको छ ।
जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको हो । उडान नं ९५३ को कलसाइन नाइनएन÷एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिसकेको छ । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया