२०८१ कात्तिक २८ गते
काठमाडौ । करिब २० अर्ब रुपैयाँ बराबरको ट्रान्सफर्मर राखेर खायो भन्ने आरोप आफुलाइ लगाउँनेहरुले बुझेर मात्र आरोप लगाउँन नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । उनले भने, ‘प्राधिकरणले जहिले पनि आफ्नो बजेटलाई हेरेर काम गर्छ । हामीले मागको १० प्रतिशत पनि राख्न सक्तैनौ । किनभने त्यसको लागत बढी हुन्छ । अहिले करिब ७०० को हाराहारीमा ट्रास्फर्मर स्टक रहेको छ ।’ घिसिङले २७ करोडको ट्रास्फर्मरको स्टक रहेको स्पष्ट पारे । कुनै दिन एकै दिन एक सय वटासम्म ट्रान्सर्फमर चाहिने भएकाले केही ट्रास्फर्मर स्टक राख्नेपर्ने उनले भने । बिग्रेको ट्रास्फर्मरको फोटो देखाएर आफुलाई बदनाम गराउँन खोजेको आरोप उनले लगाए ।
प्रतिक्रिया