वाणिज्य बैंकहरुको पुस महिनाका लागि ब्याजदर सार्वजनिक, कुनको घट्यो कुनको बढ्यो ? हेरौँ

२०८१ पुस ०१ गते

वाणिज्य बैंकहरुको पुस महिनाका लागि ब्याजदर सार्वजनिक, कुनको घट्यो कुनको बढ्यो ? हेरौँ

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई पुसका लागि पनि निरन्तरता दिएका छन् ।

प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंकले पुस महिनाका लागि ब्याजदर बढाएर सार्वजनिक गरेका छन्। एनआईसी एशिया बैंक र नेपाल बैंकले भने ब्याजदर घटाएका छन् । कुनको ब्याजदर कति ?

Advertisement:

Ad
Ad

कृषि विकास बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपका लागि ५ दशमव ५७ प्रतिशत ब्याजदर तोकेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीतर्फ ५ दशमलव ५३ प्रतिशत तोकेको थियो । बैंकले संस्थागततर्फ मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । यो बैंकले मंसिरमा ३ दशमलव २५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंकले मंसिर महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ । बैंकले मंसिरमा व्यक्तिगत तर्फ ५.६५ प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै, एभरेष्ट बैंकले पनि पुसका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले पुसका मंसिरकै ब्याजदरलाई निरन्तरता दिँदै व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो । ग्लोबल आईएमई बैंकले पुसका लागि मंसिरकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले मंसिरमा व्यक्तिगततर्फ ५.७५ र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

हिमालयन बैंकले पनि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले मंसिरमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो। यसैगरी लक्ष्मी सनराइज बैंकले पनि मंसिर महिनाकै ब्याजदरलाई कायम राखेको छ । बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागतर्फ ४.५ प्रतिशत ब्याजदर दिएको थियो ।

नेपाल बैंकले पुसका लागि व्यक्तिगततर्फ ५.६ प्रतिशत र संस्थागतर्फ ४.७ प्रतिशत ब्याजदर तोकेको छ । मंसिरमा यो बैंकको क्रमश ५.७५ प्रतिशत र ४.७५ प्रतिशत कायम थियो । एनआईसी एशिया बैंकले पुषका लागि व्यक्तिगततर्फ ६.६ प्रतिशत, र संस्थागतर्फ ५.५६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले मंसिरको तुलनामा पुसमा ब्याजदर घटाएको हो । बैंकले मंसिरमा व्यक्तिगततर्फ ६.७९ र संस्थागततर्फ ५.७९ प्रतिशत ब्याजदर दिएको थियो ।

कुमारी बैंकले पनि मंसिरकै ब्याजदर कायम गरेको छ । बैंकले मसिरमा व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागतर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको थियो । माछापुच्छ्रे बैंकले मंसिरकै ब्याजदर अर्थात् व्यक्तिगततर्फ ६ प्रतिशत, र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले मंसिरमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागतर्फ ३.५ ब्याजदर दिएको थियो ।

एनमएमबि बैंकले पुसका लागि सर्वाधिक ब्याजदर बढाएको छ । बैंकले पुसमा व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागतर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले मंसिरमा व्यक्तिगततर्फ ५.७५ र संस्थागतर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको थियो । प्रभु बैंकले पुसका लागि व्यक्तिगततर्फ ६.१ र संस्थागतर्फ ५.१ प्रतिशत ब्याजदर तोकेको छ । मंसिरमा बैंक प्रमुख बैंकले सोहीबराबरको ब्याजदर दिएको थियो । सिद्धार्थ बैंकले पुसका लागि मंसिरकै ब्याजदरलाई निरन्तता दिएको छ। पुसका लागि बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले पुषका लागि व्यक्तिगततर्फ ६ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ। मंसिरमा बैंकले व्यक्तिगततर्फ ६ र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

ब्याजदरको सूचना प्रकाशित गरेका १७ वाणिज्य बैंकमध्ये १२ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा मंसिरकै दरलाई निरन्तरता दिएका छन् । त्यस्तै, २ बैंकले घटाएका छन् भने ३ बैंकले ब्याजदर बढाएका छन् ।