तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्यो कारबाही

२०८१ कात्तिक ०५ गते

तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्यो कारबाही

काठमाडौ । नेपाल राष्ट्र बैंकले तीन वटा विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नियामकीय व्यवस्था उल्लंघन गरेका ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीलाई कारबाही गरिएको केन्द्रिय बैंकले जनाएको छ । कारबाहीमा पर्ने बैंकहरुमा सिन्धु विकास बैंक, सालपा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेका छन भने फाइनान्स कम्पनीमा जानकी फाइनान्स, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् ।

सिन्धु विकास बैकका अध्यक्ष, सञ्चालक समिति र सिइओलाई बैंकको वासलात केन्द्रिय बैंकमा ढिलो बुझाएको र साधारण सभा समेत ढिलो गरी नियामकी व्यवस्था उल्लंघन गरेको भन्दै सचेत गराइएको छ । यस्तै सालपा विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेको र बैंकको ब्यालेन्ससिट समेत ढिलो पेश गरेको भन्दै केन्द्रिय बैंकले सचेत गराएको छ । मितेरीका सञ्चालक र सिइओलाई पनि अधिकतम भन्दा बढी ब्याजदर अन्तर कायम गरेको भन्दै सचेत गराएको छ । यता गोर्खाज फाइनान्सका सिइओ र सञ्चालकले पनि ऋणी ग्राहकसँग संस्थामा नै खोलिएको खाम मार्फत पटक पटक कारोबार गरेको पाइएको छ । यस्तै उनीहरुले आफु संलग्न सहकारीका कर्मचारीलाई पटक पटक ऋण दिएर आर्थिक कारोबार गरेको भन्दै केन्द्रिय बैंकले सचेत गराएको छ । जानकी र प्रोग्रेसिभले पनि समयमै बासलात नबुझाएको केन्द्रिय बैंकले भनेको छ । यसैकारण उक्त फाइनान्सका सिइओ र सञ्चालकलाई सचेत गराइएको छ । रिलायन्सले भने कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै केन्द्रिय बैंकले सचेत गराएको छ ।

Advertisement:

Ad
Ad