दशैँका लागि भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने

२०८२ भदौ १५ गते

दशैँका लागि भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने

काठमाडौ । सर्वसाधारणल दशैँका लागि भदौ २९ बाट सुकिला नोट साट्न पाउने  भएका छन् । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै सुकिला बैंक नोट साट्न सकिने व्यवस्था बारे जानकारी गराएको हो ।

मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा प्रदेशस्तरीय कार्यालयहरू (विराटनगर, जनकपुर, बीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयबाट सटही सेवा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।

Advertisement:

Ad
Ad

केन्द्रिय बैंकले पछिल्लो समय दशै लक्ष्ति नयाँ नोट छाप्न बन्द गरेको छ । यद्यपि नयाँ नोटको ठाउँमा सुकिला नोट भने साट्दै आएको छ ।