सूर्योदय वोमी लघुवित्तले बोनस शेयर वितरण गर्ने, कति पाउँदै छन् लगानीकर्ताले ?

२०८१ साउन १० गते

सूर्योदय वोमी लघुवित्तले बोनस शेयर वितरण गर्ने, कति पाउँदै छन् लगानीकर्ताले ?

काठमाडौँ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने भएको छ।  बोनस शेयरको प्रस्ताव पारित गर्न लाघुबित्तले साउन ३२ गते, शुक्रबार, महालक्ष्मी नगरपालिका वडा नं. ८, लुभु स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बाह्रौँ वार्षिक साधारण सभा डाकेको हो।

Advertisement:

Ad
Ad

सभाले एफपीओ निष्काशनपश्चात कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। अर्थात एफपीओ शेयर प्राप्त गरेका शेयरधनीहरुले पनि लघुवित्तको बोनस शेयर प्राप्त गर्न सक्नेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले साउन २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।