स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो २५.५० प्रतिशत लाभांश

२०८१ कात्तिक १३ गते

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो २५.५० प्रतिशत लाभांश

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल २५ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कात्तिक १३ गते अपरान्ह ४ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad

हाल बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ ।