स्ट्याण्डर्ड चार्टड बैंकले आफ्ना सेयरधनीलाई दिने साढे २५ प्रतिशत लाभांश पारित गराउँन बोलायो साधारणसभा

२०८१ मंसिर ०४ गते

स्ट्याण्डर्ड चार्टड बैंकले आफ्ना सेयरधनीलाई दिने साढे २५ प्रतिशत लाभांश पारित गराउँन बोलायो साधारणसभा

काठमाडौ । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई दिने साढे २५ प्रतिशत लाभांश प्रस्ताव पारित गराउँन साधारणसभा बोलाएको छ । बैंकले मंसिर २५ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजेबाट शुरु हुने गरि वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित)गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभा प्रयोजनका लागि यस बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यसकारण मंसिर ५ गतेसम्म (बुधबार) सम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकको ४.१७ प्रतिशतले बढेर ८६ करोड २२ लाख १ हजार रुपैयाँ पर्याएको थियो । यसको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ छ । यसअवधिमा प्रतिसेयर आम्दानी १ रुपैयाँ ४६ पैसाले बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ १३ पैसा छ ।

Advertisement:

Ad
Ad