सिटिजन्स बैंकले सोमवार पनि विक्रीमा ल्यायो ४ लाख कित्ता संस्थापक शेयर

२०८१ कात्तिक २६ गते

सिटिजन्स बैंकले सोमवार पनि विक्रीमा ल्यायो ४ लाख कित्ता संस्थापक शेयर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सोमवार ४ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । प्रतिकित्ता १०२ रुपैयाँ अंकित मूल्यमा कम्पनीले यी शेयर विक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी कम्पनीले सोमवार ३५ दिने सूचना जारी गरेको हो । आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी , काठमाडौंमा इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश गर्नुपर्नेछ ।

Advertisement:

Ad
Ad

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।