सिटिजन्स बैंकले ल्यायो ४० हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

२०८१ कात्तिक २३ गते

सिटिजन्स बैंकले ल्यायो ४० हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४० हजार ४५१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुले नकिनेपछि अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर गत असोज ७ गते ३५ दिने सूचना जारी गरेको थियो । इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारयणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

Advertisement:

Ad
Ad