सिटिजन्स बैंकद्वारा लाभांशको घोषणा, कति पाउँदै छन् लगानीकर्ताले ?

२०८१ असोज ०७ गते

सिटिजन्स बैंकद्वारा लाभांशको घोषणा, कति पाउँदै छन् लगानीकर्ताले ?

काठमाडौँ।  सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई दिने लाभांशको घोषणा गरेको छ।

Advertisement:

Ad
Ad

बैंकले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ४ प्रतिशत बोनस शेयर रहने छ भने ०.२१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहने छ ।

बैंकको असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।