२०८१ असार ०५ गते
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७ हजार २४३ दशमलव ३३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले असार ५ गतेदेखि प्रतिकित्ता १०५ रूपैयाँ अंकित मूल्य तोकेर यी शेयर विक्रीमा ल्याएको हो ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया