२०८२ भदौ ०४ गते
काठमाडौ । काठमाडौको भृकुटीमण्डपमा मंगलबार (भदौ ३) देखि सवारी साधनहरुको प्रदर्शन जारी छ । नाडा अटो शोको १७ औ संस्करणमै प्रत्यक्ष सहभागी भएर स्टल राखेका केही बैंकहरुले सवारी साधन खरिदमा सहुलियत दिने बताएका छन् । यद्यपि अहिले चाडवाडको सिजन नजिकिएसँगै उक्त सहुलियत दशै तिहारपछि सम्म रहने देखिएको छ ।
हिमालयन बैंकले नाडा अटोशोमा सवारी साधन खरिद गर्नेहरुका लागि ७.५ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउँने जनाएको छ । विद्युतीय सवारी साधनमा उक्त ब्याजद ८ वर्षसम्म परिवर्तन हुँदैन । नाडा अवधिभर बुकिङ गर्नेले ८ वर्षसम्मको स्थिर ब्याजदरमा पाउने भएपनि त्यसपछि भने ७ वर्षको लागि उक्त बयाजदर रहने बैंकका अधिकारीहरुले जनाएका छन् ।
यस्तै लक्ष्मी सनराइज बैंकले पनि नाडा स्पेशल अफर भनेर ७.९९ प्रतिशत स्थिर ब्याजदरमा सवारी कर्जा दिने बताएको छ । यो ७ वर्षसम्म यो ब्याजदर परिवर्तन हुदैन । यदि परिवर्नशिल ब्याजदरमा अटो कर्जा लिनेहरुले भने ७.३५ प्रतिशत ब्याजदर तिर्नुपर्छ । कर्जाको प्रक्रियाको लागि ०.५ प्रतिशत शुल्क तोकिएको छ । यस बैंकले विद्युतीय सवारीसाधन खरिदमा ६० प्रतिशतसम्म फाइनान्सिङ गर्ने पनि जनाएको छ । यो योजना मंसिर १४ गतेसम्म कायम रहने छ ।
यता एनएमबी बैंकले पनि अधिकतम ५ वर्षसम्मको लागि ८.८९ प्रतिटशत स्थिर ब्याजदर सवारी कर्जा दिनेछ । परिवर्तनशिल भने ७.१३ प्रतिशत ब्याजदर रहेको छ । उसो त नबिल बैंकले पनि ६.७४ प्रतिशत स्थिर ब्याजदरमै सवारी कर्जा दिने जनाएको छ । अधिकतम ७ वर्षसम्मको अवधि रहेकोले बैंकबाट इभिका लागि ६० प्रतिशतसम्म कर्जा लिन पाउनेछन् ।

सानिमा बैंकले पनि ५ वर्षको लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँनेछ । ७ बर्षको लागि ८.१५ प्रतिशत ब्याजदर छ । ३ दिनमै कर्जाको काम हुनेछ । सेवाशुल्क ०.५ प्रतिशत छ । अहिले चाडवाडको सिजन भएकाले अफर राखिएको सानिमा बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकले पनि फेस्टिबल बोन्जा अफर ल्याएको छ । ८.४९ वर्षको लागि स्थिर ब्याजदरमा सावरी कर्जा दिने जनाएको छ । अहिले यस बैंकको आधारदर ६.९९ प्रतिशत छ भने यसका प्लस ०.७ प्रतिशत प्रिमियम जोडेर परिवर्तनशील ब्याजदरमा कर्जा पाइन्छ ।
सामान्यतयता बैंकहरुले ५ वर्षदेखि ७ वर्षसम्मको फाइनान्सिङ सुविधा दिएका छन् । पछिल्लो समय निक्षेप र कर्जा दुबैको ब्याजदर घट्दै गइरहेकाले परिवर्तन हुने ब्याजदरमा पनि सवारी कर्जा सस्तो पर्न जान्छ ।
प्रतिक्रिया