सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने

२०८२ असोज २२ गते

सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौ । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । २१ असोजमा बसेको बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

 

Advertisement:

Ad
Ad

५ प्रतिशत बोनस सेयर र लाभांश प्रयोजनका लागि समेत ५।५३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णय भएको हो ।

तर सञ्चालक समितिको यो निर्णयमा नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिन्छ । केन्द्रिय बैंकको स्विकृति पाएपछि  आगामी वार्षिक साधारणसभाबाट सेयरधनीमा लाभांश  वितरण हुनेछ ।