सिद्धार्थ बैंकका कामु सिइओ बने बस्याल

२०८२ मंसिर १७ गते

सिद्धार्थ बैंकका कामु सिइओ बने बस्याल

काठमाडौँ । सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई  कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ।

 

Advertisement:

Ad
Ad

सञ्चालक समिति बैठकले हाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सीईओ सुन्दरप्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट सकिने भएपछि बस्याललाई कामु सिइओको जिम्मेवारी दिएको हो ।