२०८२ साउन २३ गते
काठमाडौ । सिद्धार्थ बैंकको नाफामा बढोत्तरी भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष (२०८१/०८२) को अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको समग्र मुनाफा पनि १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो आर्थिक वर्ष (२०८०/०८१) मा बैंकको यस्तो मुनाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो। बैंकले कम जोखिम भएका कर्जातर्फ प्राथमिकता दिँदै लगानी पोर्टफोलियोमा सुधार गरेको छ। बैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ । खराब कर्जा अघिल्लो आर्थिक बर्षको भन्दा बेही बढेको छ । अघिल्लो आवमा बैंकको खराब कर्जा २.१७ प्रतिशत थियो ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले वृद्धि भएको हो। सेवा शुल्क र अन्य आम्दानी समेत १५.०९ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढेसँगै यसको नाफा पनि बढेको हो । सञ्चालन नाफा ५ अर्ब २ करोड रुपैयाँ गरेको छ । चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ छ । जगेडा कोषमा १५ अर्ब रुपैयाँ छ ।
एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ २४ पैसाले बढेर २४ रुपैयाँ १० पैसा पुगेको छ । २०८१ को असारमा यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८६ पैसा थियो ।बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ। बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिक्रिया