२०८२ मंसिर १५ गते
काठमाडौ । संस्थागत मुद्दती निक्षेपको व्याजदर व्यक्तिगत निक्षेपको भन्दा एक प्रतिशत कम हुनुपर्ने व्यवस्था खारेज भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै संस्थागत निक्षेपलाई राहत दिने व्यवस्थ गरेको हो । केन्द्रिय बैंकले मौद्रिक नीतिको समिक्षामा भनेको छ, बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ ।
बैंक तथा वित्तिय संस्थाले ठुलो परिमाणको संस्थागत मुद्दती निक्षेपलाई व्यक्तिगत निक्षेप भन्दा एक प्रतिशत कम दिदै आएका थिए ।
प्रतिक्रिया