२०८० चैत ०७ गते
काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको दोश्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा अपर सर्किट लागेको छ । पहिलो दिन झै दोश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेटभित्रै यो कम्पनीको सेयरम उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो ।
सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६७२.७० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६१.१० रुपैयाँले मूल्य बढेको हो । यो कम्पनीले नेपालमे पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । सर्वसाधारणलाई अंकित मूल्यमा २६०.९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ बिक्री गरिएको थियो ।
आईपीओमा मागभन्दा निकै धेरै आवेदन परेको थियो । परेका आवेदनहरुमध्येबाट चिठ्ठा विधिबाट लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए ।
प्रतिक्रिया