सर्वसाधारणले किन्न पाउने गरी कुमारी बैंकले विक्रीमा ल्यायो २४ लाख ३७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर

२०८१ असोज ०१ गते

सर्वसाधारणले किन्न पाउने गरी कुमारी बैंकले विक्रीमा ल्यायो २४ लाख ३७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको कुल २४ लाख ३७ हजार ९४८ कित्ता शेयर विक्रीमा ल्याएको छ । कुल कित्ता शेयरमध्ये कम्पनीले २४ लाख २२ हजार ५४८ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । १५ हजार ४०० कित्ता शेयर खरीदका लागि भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् ।

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने शेयरका लागि असोज १६ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । अन्य व्यक्ति तथा संस्थाका लागि समेत विक्रीमा आएको २४ लाख २२ हजार ५४८ कित्ता शेयर खरीदका लागि भने असोज २ गतेदेखि आवेदन पेश गर्नुपर्नेछ ।

Advertisement:

Ad
Ad

अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको कम्पनीको शेयरको मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ भने अन्य व्यक्ति तथा संस्थाहरूले लक्ष्मी सन्राइज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गरिएको शेयर खरीदका लागि ३५ दिनभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।