२०८१ साउन २२ गते
काठमाडौं । लुम्बिनी विकास बैंकको ४३ हजार २९९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा आएको छ । यस अघि असार १६ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यो शेयर विक्रीमा ल्याएको थियो ।
३५ दिनभित्र आवेदन पेश गर्न सकिने गरी विक्रीमा आएको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरीद नगरेपछि अन्य व्यक्ति तथा संस्थामा विक्रीमा आएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीले गोपाल प्रसाद बास्तोलाको नाममा रहेको १५ हजार कित्ता, सुवास महर्जनको नाममा रहेको ४ हजार ७७६ कित्ता र शिवराज आचार्यको नाममा रहेको २३ हजार ५२३ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
प्रतिक्रिया