२०८२ असार २७ गते
काठमाडौ । मौद्रिक नीति सामान्यतया बजेटले लिएको लक्ष्यलाई पुरा गर्ने गरी आउने गरेको छ । यसपटक केन्द्रिय बैंकले ल्याएको मौद्रिक नीतिले बजेटले लिएको महंगीको लक्ष्यलाई भने वेवास्ता गर्दै आफ्नै तरिकाले महंगीको लक्ष्य निर्धारण गरेको छ ।
शुक्रबार गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिमा मद्रास्फिती (महंगी) लाई ५ प्रतिशत भित्र कायम राख्ने भनिएको छ । बजेटले ५.५ प्रतिशतभित्र महंगी राखिने लक्ष्य लिएको थियो । विगतदेखि नै राष्ट्र बैंकले निर्धारण गर्नुपर्ने लक्ष्य अर्थमन्त्रालयले नै बजेट मार्फत निर्धारण गर्ने गरेको भन्दै त्यसको आलोचना हुदै आएको थियो । पुर्व गभर्नर डा. तिलक रावलले पनि बजेटले मौद्रिक नीतिले गर्नुपर्ने कुरा बोलेपछि राष्ट्र बैंकलाई दबाव पर्ने बताउँछन् । यसमा उनले केन्द्रिय बैंकलाई नै स्वतन्त्र छोडिनुपर्ने बताउँछन् । पूर्व मूख्य सचिव बैकुण्ठ अर्यालले पनि आफूले थाहा पाएदेखि नै बजेटमा महंगीको लक्ष्य राखिने गरेको बताउँछन् ।
गभर्नर विश्वनाथ पौडेलले बजेटले निर्धारण गरेको भन्दा तलमाथि हुन सक्ने ठाउँ पनि रहेको बताउँदै आएका थिए । सोही आलोचनाबाट मुक्त हुन यसपटक बजेटले दिएको ५.५ प्रतिशतको महंगी नियन्त्रणलाई पौडेलले वेवास्ता गर्दै ५ प्रतिशत निर्धारण गरेका छन् ।
प्रतिक्रिया