२०८० चैत १३ गते
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो ।
कम्पनीले सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर विक्रीमा ल्याएको हो । यी शेयरको मूल्य प्रतिकित्ता २७० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवश्यक कागजात सहित कम्पनीको प्रधान कार्यालय सुन्धारा, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन दिदा न्यूनतम ५ हजार कित्ता माग गर्नुपर्ने कम्पनीको भनाई छ ।
प्रतिक्रिया