२०८१ असोज ०१ गते
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीलाई ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा आकर्षक बोनस शेयर वितरण गर्ने तयारी गरेको हो । कम्पनीले वितरण गर्न लागेको यो लाभांश पहिलो रहेको हो ।
प्रतिक्रिया