२०८१ मंसिर १७ गते
काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा लाभांश घोषणा गरेको छ । मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ८०/८१ को फाइदाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये १३.३० प्रतिशत बोनस शेयर रहेको छ भने ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया