सम्पदा लघुवित्तको सेयर संस्थापकले नकिनेपछि सर्वसाधारणमा विक्री गरिँदै

२०८१ कात्तिक २८ गते

सम्पदा लघुवित्तको सेयर संस्थापकले नकिनेपछि सर्वसाधारणमा विक्री गरिँदै

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १४ हजार ६७४ कित्ता संस्थापक शेयर कात्तिक २८ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर विक्रीमा ल्याएको यी शेयर सो अवधिमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।

इच्छुक खरीदकर्ताहरुले आगामी १५ दिनभित्र यी शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बन्दीपुर, डुम्रे, तनहुँमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिदाँ आफुले खरीद गर्न चाहेको शेयरको संख्याको ब्यहोरा समेत खुलाउनुपर्ने जानकारी कम्पनीले दिएको छ ।

Advertisement:

Ad
Ad