सहकारीका बचतकर्ताले व्यहोर्नुपरेको समस्याको समाधान गर्ने सरकारको निर्णय

२०८१ वैशाख १३ गते

सहकारीका बचतकर्ताले व्यहोर्नुपरेको समस्याको समाधान गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबारे जानकारी दिदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्याका बारेमा गम्भीर रूपमा छलफल भएको बताइन् ।

सरकारले यस सम्बन्धमा तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय बैठकले गरेको शर्माको भनाई छ ।

Advertisement:

Ad
Ad