सहकारी नियमन प्राधिकरणका अध्यक्ष शर्माले लिए सपथ

२०८२ असार ३१ गते

सहकारी नियमन प्राधिकरणका अध्यक्ष शर्माले लिए सपथ

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्षमा नियुक्त भएका डा.खगराज शर्माले पद तथा गोपनियताको शपथ लिएका छन्।

 

Advertisement:

Ad
Ad

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बलराम अधिकारीले अध्यक्ष शर्मालाई पद तथा गोपनियताको शपथ गराएका थिए। सो अवसरमा मन्त्रालयका सचिव केदारनाथ शर्माले नियुक्तिपत्र प्रदान गरेका थिए।

 

चार वर्षे कार्यकालका लागि शपथ लिएका अध्यक्ष शर्माले सहकारी क्षेत्रभित्र देखिएका समस्याहरू समाधान गर्न प्राधिकरणले सक्रिय र नेतृत्वदायी भूमिका खेल्ने बताएका छन्। साथै, सहकारी क्षेत्रमा प्रभावकारी नियमन कार्यान्वयन गर्न सबै सरोकारवालाहरूको सहकार्य आवश्यक हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।