२०८२ साउन ०८ गते
काठमाडौ । साग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो ।
बैंकको खुद नाफा ६.५१ प्रतिशत बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ। बैंकले आर्थिक वर्ष २०८१/०८२ को अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गर्दै सेयर आम्दानी बढेको देखाएको हो ।
बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ४० पैसा बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ।
प्रतिक्रिया