२०८२ मंसिर १२ गते
काठमाडौ । यहि पुष ३ र ४ गते काठमाडौमा साकोस समिट हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ‘साकोस समिट–२०२५’ आयोजना गर्न लागेको जानकारी दिएको छ । समिटमा विशेषगरी सहकारी ऐन तथा नियमावलीका संशोधनहरू, सदस्यको बचत सुरक्षा, जोखिम न्यूनीकरण र कर्जा सूचना केन्द्रको स्थापना मार्फत बढेको नियामकिय दायरामा गोष्ठी केन्द्रित हुने नेफ्स्कुनका प्रमाख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले बताए ।
गोष्ठीमा स्वदेशी तथा विदेशी विज्ञहरूबाट विभिन्न ६ वटा महत्त्वपूर्ण विषयमा कार्यपत्रहरू प्रस्तुत हुनेछन् । जसमा वित्तिय सरकारीको नियमन , सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी , वित्तीय सहकारीको स्वनियमन अभ्यास, सहकारीको स्िरोत परिचालन लगायतका रहेका छन् । समिट ललितपुर सानेपा हाइड हेरिटेज गार्डेनमा हुनेछ । गोष्ठीमा ७ सय जनाको सहभागीता हुने अनुमान गरिएको छ । नेफ्स्कुनका ६ सय सदस्य सहकारी र अन्य एक सय गरी सात सय सहभागी हुने अनुमान गरिएको छ । सहभागीले ६ हजार रुपैयाँ शुल्क तिरेर सहभागिता सुनिश्चित गर्नुपर्नेछ ।
प्रतिक्रिया