२०८२ असोज २६ गते
काठमाडौ । अब देखि सबै डिजिटल कारोबारको अन्तिम राफसाफ (सेटलमेन्ट) राष्ट्र बैंकको प्रणालीबाट हुने भएको छ। राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच सम्बन्धि सन्दर्भ प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा कुनै राय सुझाव भए मंसिर १० भित्र पेश गर्न पनि भनेको छ ।
अहिले नेपाल पे, फोन पे, एससिटी जस्ता आठ कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा काम गरिरहेका छन्। यी प्रणालीमार्फत् हुने कारोबार उनीहरूले तोकिएको वाणिज्य बैंकमार्फत् राफसाफ हुँदै आएको छ। कारोबारको लागि ती आठ वटै कम्पनीको प्रणालीको प्रयोग हुने भएपनि यस्तो कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणाली रियल टाइम ग्रस सेटलमेन्टबाट हुने भएको हो।
विभिन्न स्किम अपरेटर, नेटवर्कहरूले स्थापना तथा कार्यान्वयन गरेका विद्यमान भुक्तानी पूर्वाधारहरूलाई समेट्ने र प्रयोगमा ल्याउने केन्द्रिय बैंकको उदेश्य हो । ।
नेपालको खुद्रा भुक्तानी प्रणाली (कार्ड तथा ननकार्ड दुवै) लाई अन्तरसञ्चारयोग्य बनाउँदै एकीकृत भुक्तानी वातावरण कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय नेटवर्क प्रदायकहरूसँग अन्तरसञ्चार तथा अन्तरजडानलाई प्रवर्द्धन गर्ने, जसले सिमाना पारिका भुक्तानीहरू सहज र प्रभावकारी बनाउँने छ ।
हाल नेशनल पेमेन्ट स्विचको सञ्चालन नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले गरिरहेको छ। अहिले २० लाखभन्दा माथिको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली मार्फत् नै हुनुपर्ने व्यवस्था छ।
प्रतिक्रिया