साउन २९ पछि सानिमा रिलायन्स लाईफको १ करोड ४३ लाख कित्ता शेयरको लकइन सकिदैं

२०८१ साउन १६ गते

साउन २९ पछि सानिमा रिलायन्स लाईफको १ करोड ४३ लाख कित्ता शेयरको लकइन सकिदैं

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको १ करोड ४३ लाख कित्ता शेयरको लकइन साउन २९ गतेपछि सकिने भएको छ । कम्पनीले बुधवार सूचना सार्वजनिक गर्दै साविक सानिमा लाईफ इन्स्योरेन्सको संस्थापक तर्फको १ करोड ४० लाख कित्ता र सर्वसाधारण तर्फको कर्मचारीका लागि छुट्याईएको ३ लाख कित्ता शेयरको लइकन साउन २९ गतेपछि सकिने जानकारी दिएको हो ।

सानिमा लाईफ र रिलायन्स लाईफ इन्स्योरेन्स मर्ज भई २०७९ साल चैत ९ गतेदखि एकिकृत कारोबार सुरु गरेका हुन । त्यस अघि साविक सानिमा लाईफ इन्स्योरेन्सले २०७८ साल साउन ३० गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको तीन वर्षसम्म संस्थापक र कर्मचारी तर्फको शेयर लइकनमा राख्नुपर्ने व्यवस्था बमोजिम कम्पनीको उल्लेखित कित्ता शेयर लइकनमा रहेको थियो ।

Advertisement:

Ad
Ad

यी शेयर तीन वर्षपछि कारोबारमा आउन लागेका हुन । साउन २९ गते लकइन अवधि सकिएपछि यी शेयर सम्बन्धित शेयरधनीहरूले कारोबार गर्न सक्नेछन् ।