ऋण विस्तार ठप्प भएपछि बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै केन्द्रिय बैंक

२०८२ साउन ०४ गते

ऋण विस्तार ठप्प भएपछि बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै केन्द्रिय बैंक

काठमाडौ । ब्याजदर जति सस्तो भएपनि ऋणको माग नै अत्यन्त न्यून भएपछि बैकिङ प्रणालीमा पैसा थुप्रनेक्रम जारी छ । अधिक तरलताको सकसमा परेका बैंकहरुबाट नेपाल राष्ट्र बैंकले आज (साउन ४) ५० अर्ब रुपैयाँ तान्दैछ ।

४२ दिनका लागि रकम निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो । आज दिउँसो ४ बजे अनलाइन बिडिङ सिस्टमबाट बोलकबोल हुनेछ । यो निक्षेपको साँवा ब्याज भदौ १५ गते भुक्तानी हुनेछ । घटीमा  १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आव्हान गर्न सकिनेछ ।

Advertisement:

Ad
Ad

यो निक्षेप बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिनेछ । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनकोलागि आव्हान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा एचय(चबतब द्यबकष्क मा बाँडफाँड गरिनेछ ।