रास्वपा उपसभापति अर्यालको चेतावनी : कुन सांसदले सहकारीबाट कती पैसा झिकेका छन् खोज्न नपरोस् !

२०८० चैत २४ गते

रास्वपा उपसभापति अर्यालको चेतावनी : कुन सांसदले सहकारीबाट कती पैसा झिकेका छन् खोज्न नपरोस् !

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।अर्याल सहकारीमा ठगीएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले संसदमा छानबिन समिति बनाउन माग गरिरहँदा उनले यस्तो चेतावनी दिएका हुन्।

Advertisement:

Ad
Ad

आजसम्म सहकारीको समस्या समाधानका लागि कुनै पनि राजनीतिक दलले केही पहल नगरेको उनको भनाइ छ ।कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो रु भन्दै उनले प्रश्न गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरुप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै अर्यालले चेतावनी दिए ।