राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्र खनालले मारे बाजी

२०८१ जेठ १० गते

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्र खनालले मारे बाजी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्र खनाललाई नियुक्ति गरिएको छ ।

बैंकको सिइओ बन्न पाँच जनाको नाम सङक्षिप्त सूची(सट लिस्ट) मा परेका चार जनालाई पछि पार्दै खनालले बाजी मारेका हुन् । बैंक संचालक समितिको जेठ १० गते बसेको बैठकले रिक्त रहेको सिइओमा खनाललाई नियुक्ति गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

Advertisement:

Ad
Ad

बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उप–समितिले पाँच जना उम्मेदवारको नाम सट थियो । समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर के.सीको नाम प्रकाशन गरेको थियो । सट लिस्टमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि भने खनालाई सिइओ बनाएको हो ।

बैंकले गत बैशाख ७ गतेदेखि सिइओका लागि आवेदन खुला गरेको थियो । बैंकले २१ दिने म्याद राखेर दरखास्त खुलाएको थियो । दरखास्त दिने अन्तिम दिनसम्म २० जनाले आवेदन दिएका थिए ।

खनाल यसअघि राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए । डेढ दशक बढीको बैंकिङ्ग अनुभव भएका खनाल राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम सिइओको जिम्मेवारीमा रहेका थिए । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनालले कामु जिम्मेवारी दिइएको थियो । एमबीए गरेका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् ।