राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठको अवकाश,देबेन्द्रले पाए जिम्मेवारी

२०८० चैत २९ गते

राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठको अवकाश,देबेन्द्रले पाए जिम्मेवारी

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठको अवकाश भएको छ । बैंकका सीईओ श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका छन् ।

बैंकका अनुसार उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट सीईओको पदमा प्रथम पटक नियुक्त भएका थिए । उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए । बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बिहीबारबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) देबेन्द्ररमण खनाललाई कायम मुकायम९का।मु।० को जिम्मेवारी तोकिएको छ ।

Advertisement:

Ad
Ad

बैंक व्यवस्थापनको तर्फबाट बिहीबार एक समारोहकाबीच सीईओ किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ । उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रुपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको बारेमा चर्चा गर्दै उनीप्रति आभार व्यक्त गरिएको थियो । श्रेष्ठले ८ वर्षको अवधिमा आफुले पाएको साथ र सहयोग प्रति सम्पूर्ण सरोकारवाला प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त समारेहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।