राष्ट्र बैंकले सार्वजनिक गर्यो चाँदीको सिक्का र मेडालियमको मूल्य, अब कसको कति पर्छ ?

२०८१ कात्तिक ०९ गते

राष्ट्र बैंकले सार्वजनिक गर्यो चाँदीको सिक्का र मेडालियमको मूल्य, अब कसको कति पर्छ ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले चाँदीको स्मारिका सिक्का र मेडालियमको मूल्य सार्वजनिक गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले चाँदीको स्मारिका सिक्का तथा मेडालियमको मुल्य निर्धारण गरेको हो । अब नयाँ मूल्य अनुसार १० ग्रामको लक्ष्मी मेडालियम, गणेश मेडालियम, गजलक्ष्मी मेडालियम र गाइ मेडालियमको २ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि यसको मूल्य २ हजार रुपैयाँ थियो । टक्सार यान्त्रिकरण १५ ग्रामको ४ हजार ४ सय रुपैयाँ रहेको छ । यसअघि ४ हजार १ सय रुपैयाँ थियो । राज्यरोहण एक अजोडको ८ हजार ५ सय ७५ रुपैयाँ रहेको छ । सार्क प्रुफ सिक्का २५ ग्रामको ७ हजार ५००, गाई मेडालियम २५ ग्रामको ५ हजार ५००, श्री ५ ज्ञानेन्द्र राज्यारोहणको २ हजार २ सय, निर्यात वर्ष २३ ग्रामको ५ हजार ३६० रुपैयाँ, मारवाडी सेवा समिति १८ ग्रामको ४ हजार ३६० रुपैयाँ, संयुक्त राष्ट्र संघ ५० वर्ष २० ग्रामको ५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै राष्ट्र बैंक स्वर्ण वर्ष ३५ ग्रामको ८ हजार ४ सय, रोटरी १०० वर्ष ३५ ग्रामको ८ हजार ४००, गरुनानक एक हजारको २ हजार २००, गुरुनानक २५०० को ५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

Advertisement:

Ad
Ad