राष्ट्र बैंकको नियम पालना गरेकाले बैंकहरु आन्तरिक रुपमा सवल छन् : अध्यक्ष कोइराला

२०८१ पुस ०३ गते

राष्ट्र बैंकको नियम पालना गरेकाले बैंकहरु आन्तरिक रुपमा सवल छन् : अध्यक्ष कोइराला

काठमाडौँ । बैंकर्स संघका नवनियुक्त अध्यक्ष सन्तोष कोइरालाले बैंकहरु यतिखेर समस्यामा रहेको बताएका छन् । बुधबार आयोजित संघको ३८औँ वार्षिक साधारणसभामा कोइरालाले बैंकहरुमा डिभिडेन्ड दिन नसक्नु,रिकभरी नहुनु लगायतका समस्यासँग जुधिरहेको बताएका हुन् । यद्यपि बैंकहरु अनुशासित भएर काम गररहेको र राष्ट्र बैंकको नियम पालना गरेर हिँडिरहेकाले आन्तरिक रुपमा भने सुदृढ र सवल रहेको बताएका छन् ।'तथ्यांकमा राम्रो नदेखिए पनि भित्रि रुपमा हामी निकै सबल छौं ।दक्षिण एशियामै बैंकिङ मजबुद बनाउन भुमिका खेल्ने राष्ट्र बैंकप्रति बैंकरहरु आभारी हुनै पर्छ,’कोइरालाले भने ।

संघको नवनियुक्त अध्यक्ष भएर आएपनि पूर्वअध्यक्षहरुको साथ र सल्लाह बमोजिमनै आफू अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले भने- "सुनिल केसी सर निवर्तमान अध्यक्ष भनिएपनि हामी सँगसँगै हुनेछौँ,वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने संघको प्रावधानले मात्र म अध्यक्षको जिम्मेवारी सम्हाल्न आइपुगेँ कोही बाहिर कोही भित्र भन्ने हुँदैन हामी सँगै हुनेछौँ ।"

Advertisement:

Ad
Ad

बैंकर्स संघको ३८औँ वार्षिक साधारण सभाले माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध चयन गरेको हो । यस्तै ग्लोबल आइएमइ बैंकका सीईओ सुरेन्द्र रेग्मी उपाध्यक्ष भएका छन् । उनी पनि निर्विरोध भएका हुन् । एभरेष्ट बैंकका सीईओ दोस्रो कार्यकालका लागि सदस्य चयन भएका छन् । यसअघि पनि उनी कार्यसमितिमा रहेर काम गरिसकेका छन् । नेपाल बैंकका सीईओ तिलक पाण्डे र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल पनि सदस्यमा चयन भएका छन् । पाण्डे र खनाल थपिएका नयाँ सदस्य हुन् भने अरु सदस्य भने पुरानै रहेका छन् । प्रभु बैंकका सीईओ अशोक शेरचन, नेपाल एसबिआइ बैंकका दीपक कुमार पाण्डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जिव मानन्धर र सिद्धार्थ बैंकका शुन्दर प्रसाद कंडेल सदस्यछन् । सल्लाहकारको भुमिकामा भने नबिल बैंकका ज्ञानेन्द्र ढुंगाना र हिमालय बैंकका अशोक राणा छन् ।