२०८२ असोज २४ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने भुक्तानीको सिमा घटाएको छ । डेबिट कार्डबाट एकपटकमा २० हजार रुपैयाँ र एक दिनमा ५० हजार रुपैयाँ, एक महिनामा ३ लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ
।
यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँ, एक दिनमा एक लाख र एकमहिनामा ४ लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने व्यवस्था थियो । केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन संसोधन गर्दै डेबिट कार्ड भुक्तानीको सिमा घटाएको हो ।
प्रिपेड कार्डमार्फत हुने भुक्तानीको सिमालाई भने यथावत राखिएको छ । प्रिपेडकार्ड मार्फत प्रति कारोबार १० हजार रुपैयाँ, एकदिनमा २० हजार र एक महिना भरिमा २ लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने व्यवस्था छ ।
प्रतिक्रिया