राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई  भन्यो, 'सिमित कर्मचारी राखेर अत्यावश्यक  बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्नु'

२०८२ भदौ २६ गते

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई  भन्यो, 'सिमित कर्मचारी राखेर अत्यावश्यक  बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्नु'

काठमाडौ । जेनजीको आन्दोलनले अवरोध भएको बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई भनेको छ ।

बिहिबार एक सुचना जारी गर्दै केन्द्रिय बैंकले सिमित कर्मचारी मार्फत उक्त व्यवस्थ गर्न भनेको हो । सुचनामा भनिएको छ, 'अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२५ मा जारी विज्ञप्ति नं.१६ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नुहुन र अन्य प्रणालीको हकमा जोखिमको आधारमा मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुहुन यो सूचना जारी गरिएको छ ।'

Advertisement:

Ad
Ad