प्रतिकित्ता १०० रूपैयाँमा विक्रीमा आयो सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक शेयर

२०८१ जेठ ०८ गते

प्रतिकित्ता १०० रूपैयाँमा विक्रीमा आयो सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक शेयर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै यी शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा उल्लेखित शेयर विक्री हुन नसकेमा सर्वसाधारणमा यी शेयर विक्री प्रक्रिया अघि बढाईनेछ ।

Advertisement:

Ad
Ad