२०८१ असोज २३ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्रदेश रशाखा कार्यालयमा समेत सुचना अधिकारी राख्न निर्देशन दिएको छ । केन्द्रिय बैंकले एक निर्देशन जारी गर्दै इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि आफ्नो प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको हो ।
यसरी कानून बमोजिम प्रदेश कार्यालय र शाखा कार्यालयहरुबाट माग गरिएको सूचनाको अभिलेख समेत राख्नुपर्नेछ । साथै सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ कोउपदफा (३) बमोजिमको सूचना प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नुपर्नेछ । यसअघि बैंकहरुलाई सुचना अधिकारी राख्नुपर्ने व्यवस्था बाध्यकारी थिएन । तैपनि कतिपय बैंकहरुले प्रधानकार्यालयमा सुचना अधिकारीको व्यवस्था गरेका थिए । शाखा र प्रदेश कार्यालयमा भाने थिएन ।
प्रतिक्रिया