प्रभु महालक्ष्मी लाइफको ३० हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न सक्ने

२०८१ जेठ २४ गते

प्रभु महालक्ष्मी लाइफको ३० हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न सक्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवदीको नाममा रहेको २ हजार ७४५ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्ने जानकारी कम्पनीले दिएको छ ।

Advertisement:

Ad
Ad