प्रभु बैंकको संस्थापक शेयर विक्रीमा, क-कसले आवेदन दिन पाउँछ ?

२०८१ कात्तिक ०२ गते

प्रभु बैंकको संस्थापक शेयर विक्रीमा, क-कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनी वा सो बाहेकका व्यक्ति तथा संस्थाहरूले किन्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापकहरूले मात्रै किन्न पाउने गरी विक्री खुला गरिसकिएको जनाएको छ ।

Advertisement:

Ad
Ad

सो शेयर खरीद गर्न इच्छुकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।