पोखरामा पूर्वगृहमन्त्री रवि बिरुद्ध नाराबाजी र कालो झण्डा प्रदर्शन,सुरक्षा दिएर कार्यक्रम हलमा पुर्याइयो

२०८१ भदौ २५ गते

पोखरामा पूर्वगृहमन्त्री रवि बिरुद्ध नाराबाजी र कालो झण्डा प्रदर्शन,सुरक्षा दिएर कार्यक्रम हलमा पुर्याइयो

पोखरा । सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।

सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् । लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन् ।

Advertisement:

Ad
Ad

प्रदर्शनमा उत्रिएकाहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका छन् ।

सहकारी पीडितको प्रदर्शनका कारण रवि लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलमा पुर्‍याइएको छ ।