पहिलो वर्ष नै जीवन बीमा सरेण्डर गर्न पाउने नियमको विषयमा छलफल गर्न बीमा प्राधिकरण सहमत

२०८० पुस १६ गते

पहिलो वर्ष नै जीवन बीमा सरेण्डर गर्न पाउने नियमको विषयमा छलफल गर्न बीमा प्राधिकरण सहमत

काठमाडौं । जीवन बीमा योजनामा पहिलो वर्ष नै सरेण्डर गर्न पाउने गरी नियम बदल्ने विषयमा छलफल गर्न नेपाल बीमा प्राधिकरण सहमत भएको छ ।

प्राधिकरणले आगामी शुक्रबार बस्ने सञ्चालक समिति बैठकमा यस्तो व्यवस्थाका बारेमा छलफल गर्ने भएको हो । अहिले कम्तिमा ३ वर्षको प्रिमियम तिरेपछिमात्रै बिमितले सरेण्डर (व्यतित)गर्न पाउने व्यवस्था छ ।

Advertisement:

Ad
Ad

तर संसदको सार्वजनिक लेखा समितिले गत बिहीबार बिमितले तिरेको बीमाशुल्कमा २५ प्रतिशत सञ्चालन खर्च कटाएर बाँकी रकम फिर्ता गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । त्यसपछि उक्त प्रस्ताव सञ्चालक समितिमा छलफल गरिने प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

अहिलेको आर्थिक संकटले धेरै बिमितले बिमालेख तिर्न चाहे पनि न्यूनतम अवधि नपुगेको भन्दै बीमा कम्पनीले पैसा फिर्ता नदिएपछि जनगुनासाहरु संसदीय समितिसम्म पुगेका थिए ।

त्यसपछि समितिले पनि तिरेको पैसा एक चौथाईभन्दा धेरै काट्न नपाइने गरी नियम बनाउन निर्देशन दिएको छ । अव यस्तो निर्देशन कसरी परिपालना गर्ने भनेर प्राधिकरणले छलफलमा लान लागेको हो ।

अहिले बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने अनुमति दिएको भनेर संसदीय समितिले प्राधिकरणलाई दबाबमा राखिरहेको छ ।