२०८० पुस २४ गते
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न गरेको छ ।
‘एक्सेल एण्ड इलिभेट २०८०र८१’ नाराका साथ चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको सभापतित्वमा भएको कार्यक्रमको उद्देश्य कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्नु रहेको थियो ।
कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटोका साथै आगामी वर्षको लागि तय भएको व्यावसायिक लक्ष्य र रणनीतिबारे प्रशिक्षण गराइएको थियो ।वर्कशपमा विभागीय प्रमुख तथा देशैभरका प्रशासनिक कर्मचारीहरू गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
वर्कशपमा सीईओ खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको बताए । आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो ।
बीमा बजारमा अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरूको जत्तिकै प्रशासनिक कर्मचारीहरूको पनि भूमिका हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए ।
साथै दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने उनको प्रतिबद्धता थियो ।
प्रतिक्रिया