नेपाल रि-इन्सुरेन्सको ५ प्रतिशत लाभांश घोषणा

२०८१ वैशाख ०४ गते

नेपाल रि-इन्सुरेन्सको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । नेपाल रि-इन्सुरेन्स कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो।

कम्पनीले गत वर्ष पनि यही दरमा लाभांश दिएको थियो। सरकारी लगानी रहको कम्पनीको यस्तो प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ।

Advertisement:

Ad
Ad

हालै बिमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी २० अर्ब रूपैयाँ पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ। गत असारसम्म नेपाल रि इन्सुरेन्सको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रूपैयाँ छ। कम्पनीले पुँजी पुर्‍याउन हकप्रद सेयर दिने सम्भावना छ।