नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न, लाभांश पारित

२०८१ जेठ १८ गते

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा बिहीवार सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीका ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

Advertisement:

Ad
Ad

त्यसैगरी, सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।