२०८१ साउन २८ गते
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले ५१ करोड ५८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा १३ दशमलव ४९ प्रतिशत कम भएको हो ।
गत वर्ष कम्पनीको कुल आम्दानी ९ दशमलव ३० प्रतिशत कम भएको छ भने कुल खर्च ८ दशमलव ७४ प्रतिशत घटेको छ । कम्पनीले गत वर्ष ६ अर्ब ५३ करोड रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको हो भने ५ अर्ब ७९ करोड रूपैयाँभन्दा बढी जम्मा खर्च गरेको हो । गत वर्ष कम्पनीले ५ अर्ब १५ करोड रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने ३ अर्ब ६३ करोड रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रूपैयाँ छ ।
आगामी माघ मसान्तसम्म कम्पनीले २० अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । विशेष जगेडाका कोषमा ३ अर्ब ९२ करोड रूपैयाँभन्दा बढी रकम रहेको कम्पनीको महाविपत्तिकोषमा २७ करोड ६३ लाख रूपैयाँभन्दा बढी छ । रिटर्न अर्निगमा भने १ अर्ब ८ करोड रूपैयाँभन्दा बढी कायम रहेको छ ।
दिर्घकालिन लगानी ३ अर्ब ६० करोड रूपैयाँभन्दा बढी गरेको कम्पनीले अल्पकालिन लगानी भने १७ अर्ब ५ करोड रूपैयाँभन्दा बढी गरेको छ । प्रतिशेयर आम्दानी ४ रूपैयाँ ३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १४७ रूपैयाँ ४५ पैसा छ ।
प्रतिक्रिया