नारायणी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजनका लागि वैशाख १० गते बुक क्लोज गर्दै

२०८० चैत १९ गते

नारायणी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजनका लागि वैशाख १० गते बुक क्लोज गर्दै

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले वैशाख १० गते २२औं वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ । चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख १८ गते आयोजना गर्न लागिएको २२औं वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । होटल स्टार चितवन, टाँडीमा विहान ११ः३० बजे सभा सुरु हुने । सभाले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

Advertisement:

Ad
Ad

कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । सञ्चालक मनोनयन र निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनेको विषय पनि सभाका लागि प्रस्ताव गरिएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।